शुक्रबार, फागुन २९, २०८२

प्रयोगशालामा उत्पादित मासुलाई सिंगापुरले मान्यता दियो

जनावर नमारेर प्रयोगशालामा तयार पारिएको मासुलाई सिंगापुरले मान्यता दिएको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– जनावर नमारेर प्रयोगशालामा तयार पारिएको मासुलाई सिंगापुरले मान्यता दिएको छ। 

National life

सीएनएनका अनुसार सिंगापुर फुड एजेन्सीले मान्यता दिएसँगै प्रयोगशालाबाट कुखुराको मासु उत्पादन गरेको इट जस्ट कम्पनीलाई बेच्ने बाटो खुलेको छ।

कम्पनीले कहिलेदेखि बजारमा उपलब्ध गराउँछ भन्ने जानकारी भने दिएको छैन।

यो मासु प्रयोगशालामा जनावरको कोषको कृत्रिम वृद्धि गराएर उत्पादन गरिएको हो।

स्वास्थ्य, पशु अधिकार र वातावरणको चिन्ताका कारण जनावरको मासुको विकल्पको माग संसारभर बढिरहेको छ।

Laxmi sunrise bank
kumari

सिंगापुर फुड एजेन्सीले एउटा विज्ञ समूहले इट जस्टका उत्पादन नियन्त्रण एवम् सुरक्षा परीक्षणबारे आँकडा अध्ययन गरेको बताएको छ।

‘यो तोकिएको परिमाणमा उपभोगको निम्ति सुरक्षित पाइएको छ,’ एजेन्सीले भनेको छ।

यो मासु उत्पादन गर्ने प्रक्रियामा एन्टीबायोटिक्सको प्रयोग नगरिएको कम्पनीले बताएको छ।

उसले अब सिंगापुरमा शुरुमा सानो स्तरमा उत्पादन उद्योग खडा गरेर अघि बढ्ने जनाएको छ।

वैकल्पिक मासुको बजार एक दशकभित्र १४० अर्ब डलरसम्म पुग्ने आँकलन गरिएको छ। जुन हाल विश्वभर भइरहेको कूल कारोबारको १० प्रतिशत हो। 

वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले पनि धेरै सुपरमार्केटमा पाइन्छ। 

कम्पनीले पछिल्लो निर्णयलाई विश्वव्यापी खाद्य उद्योगको निम्ति ठूलो फड्को भन्दै अरू देशले पनि यसै गर्ने आशा व्यक्त गरेको छ।

इट जस्टका साथै फ्युचर मिट टेक्नोलोजिजमेम्फिस मिट्सजस्ता ठूला कम्पनीले पनि प्रयोगशालामार्फत मासु उत्पादन गर्ने प्रयास गरिरहेका छन्। 

धेरैले यस्तो प्रयासले वातावरणलाई फाइदा पुग्ने बताए पनि केही वैज्ञानिकले चाहिँ कुनै बेला वातावरणका लागि यो झन् खराब हुनसक्ने बताएका छन्।
 

प्रकाशित: Dec 03, 2020| 06:13 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।