शनिबार, कात्तिक २९, २०८२

स्वरुपराज र रत्यराजको कवाली शैलीको गीत सार्वजनिक

गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीतको भिडियो सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीतको भिडियो सार्वजनिक गरिएको छ।

National life

‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको हो। 

राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरू प्रयोग गरिएको भिडियोको निर्देशन कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्। म्युजिक भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ। 

भिडियोमा राजकुमारको भूमिका चक्लेटी हिरो पल शाहले निभाएका छन्।  राजकुमारीको भूमिकामा सिक्कीमेली मोडल छुकिला शेर्पा छन्।  
 
भिडियोमा होटल याक एण्ड यतीलाई आलिसान दरबारको रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्य कवाली गाउँदै गरेका देखिन्छन्। 

आलिया गिरीको पहिरन डिजाइन सुहाउँदो देखिन्छ।  गीतका शब्द अमृत खतिवडा (भाञ्जा भाइ) तथा सत्यराज र स्वरुपराज एवम् उदयराज पौडेलका हुन्।  

Laxmi sunrise bank
kumari

कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसीले गरेका छन्।  

म्युजिक भिडियोका छायांकार सुदीप बराल हुन्। गीतको भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो। 

प्रकाशित: Nov 27, 2020| 04:27 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्