सोमबार, असार २२, २०८३

महिला भलिबलमा एपीएफ र न्यु डाइमन्डको विजयी सुरुवात

छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले विजयी सुरुवात गरेका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले विजयी सुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलवार विहान सम्पन्न खेलमा एपीएफए ढोरपाटन क्लबलाई ३–० सेटले हराएको हो।

ढोरपाटनले पहिलो खेलमै २५–११,२५–७ र २५–६ को लज्जास्पद हार बेहोरेको हो। त्यस्तै आजकै अर्को खेलमा न्यु डाइमन्डले एभरेस्ट भलिबल क्लबमाथि २५–६,२५–५ र २५–१३ को जित निकालेको हो।

जितसँगै एपीएफ र न्यु डाइमन्डले समान ३–३ अंक जोडेका छन्।

प्रतियोगिता अन्तर्गत आज नै पुरुषतर्फ चार खेल हुनेछन्। जहाँ पहिलो खेलमा हेल्प नेपाल र प्रदेश–२ बीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल १२ बजे सुरु हुनेछ । 

त्यस्तै दिउँसो २ बजे हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ तेस्रो खेलमा विभागीय टोली आर्मीले क्लबले नयाँ बजार सामाजिक युवासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।

पुरुषको चौथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ। उक्त खेल साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।

पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।


प्रकाशित: Sep 28, 2021| 13:25 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।