सोमबार, माघ ५, २०८२

विराज महर्जनले च्यासल क्लबाट ए- डिभिजन लिग खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको च्यासल क्लबले कप्तानको रुपमा डिफेन्डर विराज महर्जनलाई अनुबन्द गरेको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- सहिद स्मारक ए-डिभिजन लिगको च्यासल क्लबले कप्तानको रुपमा डिफेन्डर विराज महर्जनलाई अनुबन्द गरेको छ। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका महर्जनलाई च्यासलले एक सिजनका लागि अनुबन्ध गरेको हो।

National life

विरारले विभिन्न तीन क्लबबाट लिगको उपाधी जितिसकेका छन्। पछिल्लो सिजन मछिन्द्र क्लबबाट लिगको ट्रफी उचालेका महर्जनले थ्रीस्टार र मनाङ मर्स्याङ्दीबाट समेत लिग जितेका छन। उनको कप्तानीमा नेपालले बंगबन्धु कप, १२ औं साग र एएफसी सोलिडारिटी कप जितेको थियो।

ए-डिभिजन लिगमा उनले संकटा, एनआरटी लगायत क्लबबाट पनि खेलिसकेका छन्। त्यस्तै, च्यासलले टेक्निकल डाइरेक्टरको रुपमा स्कटल्याण्डका ली मान्सलाई अनुबन्ध गरेको छ। 

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले च्यासल क्लबलाई धन्यवाद दिएका छन्। त्यस्तै च्यासलका अध्यक्ष रमेश व्यन्जनकारले विराजसँगको सम्झौता एक वर्षका लागि भएको बताएका छन्।

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकूद (साग) को उपाधि जितेको थियो। त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए। उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो।

Laxmi sunrise bank
kumari

विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद स्मारकर डिभिजन लिग खेलिसकेका छन्। विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन। मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए।

ली मान्सन, प्राविधिक निर्देशक स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय रहेका छन्। उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए। उनीसँग फिलिपिन्सको पुरुष यू-२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव रहेको छ। मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए।

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए। उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फूटबल खेलेका थिए।

 क्लबले आगामी सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी (यूक्यान) 'किट' प्रयोजकसँग सम्झैता गरेको छ। ललितपुरको च्यासल युथ क्लबले ए-डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

क्लबले मंगलबार प्राविधिक निर्देशक ली मान्सन र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनसँग पनि अनुबन्ध सम्झैता सम्पन्न गरेको छ। प्रायोजन सम्झैता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश बेञ्जनकारले हस्ताक्षर गरेका छन्।

सम्झैताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ। त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ। यूक्यान खेलकुद सामाग्री उत्पादन गर्ने चीनको अन्तरराष्ट्रिय कम्पनी हो। यस कम्पनीले पछिल्लो ३० वर्षदेखी खेलकुद सामाग्री उत्पादन गर्दै आएको छ। नेपालमा यूक्यान ब्रान्डको आधिकारिक विक्रेता सीटीएल कम्पनी प्राइभेट लिमिटेड रहेको छ। सीटीएल ‘ली-जीङु ब्रान्डको समेत नेपालमा आधिकारिक विक्रेता हो। यक्यानले अष्ट्रेलियाको एडलेइड युनाइटेड क्लबलाई पनि प्रायोजन गरेको छ।


प्रकाशित: Sep 28, 2021| 12:52 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।