बुधबार, असार २४, २०८३

सर्वाधिक सफल अष्ट्रेलियन ओलम्पिक खेलाडी मकिन

अष्ट्रेलियाकी इम्मा मकिनले टोक्यो ओलम्पिक २०२० मा आइतबार बिहान पनि स्वर्ण जितिन्। महिलातर्फ ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेसँगै अष्ट्रेलिया अहिले चौथो स्थानमा छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- अष्ट्रेलियाकी इम्मा मकिनले टोक्यो ओलम्पिक २०२० मा आइतबार बिहान पनि स्वर्ण जितिन्। महिलातर्फ ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेसँगै अष्ट्रेलिया अहिले चौथो स्थानमा छ।

यसअघि पनि उनले तीन गोल्ड मेडल र तीन ब्रोन्ज मेडल जितिसकेकी छन्। उनको त्यो सानदार प्रदर्शनले टोक्यो अक्वाटिक सेन्टरमा अष्ट्रेलियाली खेलाडीले वाहवाही पाएका छन्।

उनी सर्वाधिक सफल अष्ट्रेलियन ओलीम्पक खेलाडी बनेकी छन्। सोभियत जिमन्यास्ट मारिया गोरोखोभ्स्कायाकाले १९५२ मा पनि उस्तै गरि सात पदकजितेकी थिइन्। त्यसरी नै अहिले अष्ट्रेलियन खेलाडी जिम्मा मकिनले जितेकी छन्।

अष्ट्रेलियाको वलिङघममा जन्मिएकी मकिनले छनोट खेलमा पनि सानदार प्रदर्शन गरेकी थिइन्। यता गएको शुक्रबार त उनले आफ्नो हिटमा ओलम्पिक रेकर्ड नै राखिन्। उनको समय २४ दशमलव दुई सेकेन्ड रह्यो।

त्यो ओलम्पिक रेकर्डलाई सेमिफाइनलमा आफैंले ब्रेक गरिन्। २४ सेकेन्डको रेकर्ड बनाइन्। उनले तीनपटकमा तीनैपटक नयाँ रेकर्ड बनाइन्। फाइनलमा आफ्नो समय थप सुधार गर्दै निर्धारित दूरी २३.८१ सेकेन्डमै पुरा गरिन्।

स्विडिस विश्वक कीर्तिमानी खेलाडी सराह जोस्ट्रोम र डेनमर्ककी पर्निल्ली ब्लुमेपछि फाइनलमा रेकर्ड बनाउने मकिन पहिलो खेलाडी हुन्। र, उनी ओलम्पिक इतिहासमा कुनै पनि खेलमा एकै पटक सबैभन्दा धेरै पदक जित्ने महिलाले बनाएको रेकर्डसँग बराबरी गरेकी छन्।

उनले फ्रिस्टाइलसँगै चार समय मिडर मेड्ली रिलेमा पनि केलियन मकिओनसँग स्वर्ण जितेकी थिइन्। यससँगै उनले चार सय मिटर रिले, समय मिटर फ्रिस्टाइल र चार समय मिटर मिक्स  रिलेमा पनि स्वर्ण जितिन्। त्यसबाहेक उनले समय मिटर बटरफ्लाई, आठ समय मिटरका दुई रिलेमा उनले काश्य जितेकी हुन्।अर्की खेलाडी मकिओनले पनि तीन पदक जितिसकेकी छन्।

प्रकाशित: Aug 02, 2021| 10:43 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।