शुक्रबार, भदौ ५, २०८३

परराष्ट्रमन्त्री खड्काले न्युयोर्क पुगेर तालिबानबारे मुख खोले

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान शासन सुरु हुनु त्यहाँको आन्तरिक विषय भएको बताएका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान शासन सुरु हुनु त्यहाँको आन्तरिक विषय भएको बताएका छन्। 

असोज ६ गते परराष्ट्रमन्त्री नियुक्त भएका खड्का सोही दिन संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका थिए।

नेपाली समयअनुसार मंगलबार बिहान अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले तालिबान अफगानिस्तानको आन्तरिक मामिला भएको बताएका हुन्।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सदस्य राष्ट्र अफगानिस्तानबारे नेपाल सरकारले आफ्नो धारणा राखेको हो। यसअघि पनि सरकारले तालिबानको विषयमा त्यहाँको अवस्थितिको मूल्यांकन गरेर धारणा बनाउने बताएको थियो।

सार्कको अध्यक्ष राष्ट्रसमेत रहेको नेपालले तालिबानको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको यो पहिलो पटक हो। 

मन्त्री खड्काले अफगानिस्तान, लिबियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताएका हुन्। आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए।

यस्तै उनले विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोभिड–१९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पनि पहिलो प्राथमिकता रहेको बताएका हुन्। 

राष्ट्रसंघको ७६ औं महासभाकै क्रममा हुने भनिएको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको साइडलाइन बैठक पनि तालिबानकै कारण रद्द गरिएको थियो। सार्क सदस्य राष्ट्र अफगानिस्तानलाई बैठकमा सहभागी गराउँदा तालिबानी सरकारका प्रतिनिधि आउने भएपछि उक्त बैठक रद्द गरिएको थियो। 

तालिबानलाई राष्ट्रसंघमा सहभागी गराइएको छैन। 


प्रकाशित: Sep 28, 2021| 11:09 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...