शनिबार, कात्तिक २९, २०८२

भलिबलमा आज ६ खेल, यि टिम भिड्दै

एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा मंगलबार छ खेल हुँदैछन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा मंगलबार छ खेल हुँदैछन्। यससँगै महिलातर्फको खेल मंगलबारबाट सुरु हुँदैछ। महिलातार्फको पहिलो खेलमा विभागिय टिम एपीएफले ढोरपाटन स्पोर्टस् क्लबको सामना गर्नेछ।

National life

त्यस्तै, मंगलबारको दोस्रो खेलमा होङवान्जी न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलको सामना गर्नेछ भने पुरुषतर्फको मंगलबारको पहिलो खेलमा टिपटप हेल्प नेपालले प्रदेश दुईको सामना गर्नेछ। त्यस्तै, अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ।

साथै त्रिभुवन आर्मी क्लबले नयाँबजर समाजिक क्लबको सामना गर्नेछ। मंगलबारको अन्तिम खेलमा बुढानिलकण्ठ क्लबले ढोरपाटनको सामना गर्नेछ।

अहिलेसम्मको तालिकामा पुलिसले दुई खेल जितिसकेको छ भने  गलकोट स्पोर्टस् क्लबले पनि दुई खेल जितेको छ।

प्रकाशित: Sep 28, 2021| 08:56 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।