सोमबार, माघ ५, २०८२

रोय र विलियम्सनले दिलाए आईपीएलमा हैदराबादलाई दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) तालिकाको पुछारमा रहेको सनराइजर्स हैदराबादले सोमबार रातिको खेलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) तालिकाको पुछारमा रहेको सनराइजर्स हैदराबादले सोमबार रातिको खेलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ।

National life

दुबई अन्तरराष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको राजस्थानले पुरा ओभर खेल्दै २० पाँच विकेटको क्षतिमा १६४ रन बनाएको थियो। १६७ रनको लक्ष्यका साथ मैदान उत्रिएको हैदराबादले ९ बल बाँकी रहँदै तीन विकेटको गुमाएर जित निकालेको हो।

हैदराबादका ओपनर ज्यासन रोयले सर्वाधिक ६० रन बनाए भने कप्तान केन विलियम्सनले ५१ रन बनाए। त्यस्तै, रिद्धिमान साहले पनि १८ रन जोडे। राजस्थानका मुस्तफिजुर सहमान, महिपाल लोमरोर र चेतन सकारियाले समान १–१ विकेट लिए थिए।

त्यसपहिले ब्याटिङमा आएको राजस्थानका सन्जु समसनले ८२ रन र यसस्वी जैसवालले ३६ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झालायक प्रदर्शन गरेनन्। हैदराबादका सिद्धाथै कौरले दुई साथै सन्दीप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले समान १–१ विकेट गिराए।

सोमबार रातिको जितसँगै हैदराबादले १० खेलबाट २ जितसँहित चार अंक बनाएको छ। ऊ तालिकाको पुछारमा कायम छ। ८ अंक भएको राजस्थान छैटौं स्थानमा रहेको छ। शीर्षस्थानको चेन्नई सुपर किंग्स  र दिल्ली क्यापिटलको समान १६–१६ अंक छ।

Laxmi sunrise bank
kumari

आईपीएलमा मंगलबार दुई खेल हुँदैछन्। पौने ४ बजे सुरु हुने खेलमा कोलकत्ता नाइटराइडर्सले दिल्ली क्यापिटलको सामना गर्दैछ। मंगलबारको खेलमा जित निकाले दिल्ली प्ले अफमा पुग्नेछ।

त्यस्तै, पौने ८ बजे सुरु हुने खेलमा मुम्बई इन्डियान्सले पञ्जाब किंग्सको सामना गर्नेछ। आईपीएलमा कोलकत्ता, पञ्जाब र मुम्बईको समान ८–८ अंक छ। त्यसैले प्ले अफमा पुग्नका लागि यि तिन टिमबीच निकै पेचिलो प्रतिस्पर्धा सुरु भएको छ।

प्रकाशित: Sep 28, 2021| 08:02 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।