शुक्रबार, भदौ ५, २०८३

'१० बुँदे' आतंक होइन, ठूलो बनाउनुपर्ने आवश्यकता छैन

म सम्पूर्ण एमालेका साथीहरुलाई भन्न चाहन्छु। यो दश बुँदेलाई ठूलो समस्या बनाउनुपर्ने आवश्यकता छैन। कुनै आतंक होइन।
 |  सोमबार, असोज ११, २०७८

योगेश भट्टराई

योगेश भट्टराई

सोमबार, असोज ११, २०७८

जहाँसम्म दश बुँदे कार्यान्वयनको कुरा छ। धरै मिडियामा आई नै राखेको छ। यसमा पनि हामीले व्यापक छलफल गर्‍यौं। विभिन्न ठाउँका समस्याहरुको बारेमा पनि छलफल गर्‍यौँ। पार्टी अध्यक्षले यसलाई सकारात्मक ढंगले नै कार्यान्वयन गर्ने कुरा गर्नु भएको छ। त्यसमा प्रतिबद्धता दिनु भएको छ। र हाम्रा सबै साथीहरुलाई एकताबद्ध ढंगले समेटने कुरा नै पार्टी अध्यक्षले गर्नु भएको छ। 

यस क्रममा हिजो पूर्व एमालेभित्र देखिएको समूहबन्दीको अवस्थालाई पनि अन्त्य गर्दै सबै साथीहरुलाई एमालेमा गोलबन्द गर्ने, एकताको प्रक्रियामा पूर्व माओवादीतर्फ रहनु भएका साथीहरु जो पार्टी एकताको क्रममा हुनुहुन्थ्यो। पछि नेकपा एमालेमै समाहित हुनु भयो। उहाँ कमरेडहरुको पनि मान, सम्मान र प्रतिष्ठानलाई उचित ढंगले सम्बोधन गर्ने साथै अब यो सबैको माध्यामबाट थप कमरेडहरुलाई पनि नेकपा एमालेका आउनका निम्ति आह्वान गर्ने र त्यसो गर्दा यो दश बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने भन्ने नै आजको हाम्रो बैठकको निष्कर्ष छ र जहाँजहाँ दश बूदे कार्यान्वयनको सन्दर्भमा धरै ठाउँमा यी समस्याहरु छैनन्। 

म सम्पूर्ण एमालेका साथीहरुलाई भन्न चाहन्छु। यो दश बुँदेलाई ठूलो समस्या बनाउनुपर्ने आवश्यकता छैन। कुनै आतंक होइन। यो सहज ढंगले धेरै ठाउँमा कार्यान्वयन भएको छ। केही ठाउँमा समस्याहरु देखिएका छन्। ती समस्या पनि समाधान उन्मुख छन्। त्यसो हुँदा यसलाई सम्बन्धित जिम्मेवारी दिएका साथीहरुले हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनु भएको छ। 

यसको मतलब विगतमा बनेको ६ सदस्यीय कार्य दल जो पार्टीका जिल्ला कमिटीहरु, प्रदेश कमिटीहरु, तहगत कमिटीहरु, विभागहरुलाई समायोजन गर्न बनेको कार्य दल छन्। त्यो कार्य दललाई नै यो समस्या हल गर्नका निम्ति अध्यक्ष कमरेडले जिम्मेवारी दिनु भएको छ। अध्यक्ष कमरेडको निर्देशनमा बैठकले के निर्णय गरेको छ भने त्यो कार्यदलको संयोजकमा भिम रावल कमरेडलाई तोकिएको छ। त्यो कार्य दलमा ६ जना हुनुहुन्थ्यो एक जना थपेर ७ जना बनाइएको छ र शंकर पोखरेललाई पनि कार्य दलमा समावेश गरिएको छ। अब कार्य दलको बैठक भोलि नै हुन्छ। भीम रावल कमरेडको सो बैठक भोलि नै बोलाउनु भएको छ। देशभर कहाँ कहाँ यो कार्यान्वयन भएको छैन। कार्यान्वयनका निम्ति सहजीकरण गर्न हुन्छ र यो कार्यान्वयन हुँदै जान्छ।

मोर्चा संगठनहरुमा पनि यसको कार्यान्वयनको निम्ति महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा .संगठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा फाँटका गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहनु भएको कार्यदल छ। यही कार्य दलले जनवर्गीय संगठनमा देखिएका समस्या पनि हल गर्ने र सकेसम्म विधान महाधिवेशन अघि नै यो समस्यालाई समाधान गरेर प्रतिनिधिहरु ल्याउने व्यवस्था गर्ने भनेर अध्यक्षले आज निर्देशन गर्नु भएको छ।

भीम रावल कमरेडको सो बैठक भोलि नै बोलाउनु भएको छ। देशभर कहाँ कहाँ यो कार्यान्वयन भएको छैन। कार्यान्वयनका निम्ति सहजीकरण गर्न हुन्छ र यो कार्यान्वयन हुँदै जान्छ।

अहिले विशेष गरीकन अहिलेको परिस्थितिलाई हेर्ने दृष्टिकोणको बारेमा यसमा हामीमा कुनै दुविधा छैन। नवौं राष्ट्रिय महाधिवेशनले नै प्रष्ट के भनेको छ भने नेपाली समाज चाँही एउटा पूँजीवाद समाजमा रुपान्तरण गर्‍यो भन्ने नवौं महाधिवेशनले भनि सकेको छ। त्यो पूँजीवाद एकदमै विकसित भन्दा पनि पूँजीवादको एउटा प्रारम्भिक चरणमा छ भन्ने कुरा अहिलेको प्रतिवेदनले पनि भनेको छ। 

यसको मतलब के हो भने ६२/६३ को शान्तिपूर्ण जनक्रान्ति र यो बीचमा भएका सशष्त्र संघर्षहरु, विभिन्न समूदायले गरेका आन्दोलनहरु, सात सालको क्रान्ति, ४६ सालको परिवर्तन यी सबैको जगमा नेपालमा एउटा पूँजीवादी जनवादी क्रान्ति भएको छ भन्ने निष्कर्ष हाम्रो बैठकले निकालेको छ र दस्तावेजमा त्यो कुरा उल्लेख छ। र त्यसलाई अझै प्रष्ट ढंगले अगाढि बढाउने भन्ने हामीले छलफल गरेका छौं। यसो भनिरहँदा अव हाम्रो कार्यदिशा के त? यसमा पनि ठूलो दुविधा थिएन। खाली यसलाई ब्याख्या गर्ने जोडकोणमा केही भिन्नता थिए। त्यसमा पनि हामीले छलफल गर्‍यौँ र मोटामोटी रुपमा हामीले के भन्यौं भने जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा आजसम्मका यी क्रान्ति सम्पन्न भएका छन्। 

यसको मतलब जनताको बहुदलीय जनवादको सान्दर्भिकता यसले पुष्टि गरेको छ। जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै कायम छ, अझै सिद्धिएको छैन। किनभने कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रस्तुत गरिरहँदा समाजवादमा जाने तीन वटा चरण भन्नु भएको छ। एउटा पुरानो व्यवस्थाका अवशेषहरुलाई समाप्त गर्ने, दोस्रो चाँही जनवादी व्यवस्थाको सुदृढिकरण गर्ने र तेस्रो चाँहि समाजवादमा रुपान्तरण गर्न बौद्धिक, सामाजिक र सांस्कृतिक ढंगले समाजवादमा रुपान्तरण गर्ने चरण भनेर भन्नु भएको छ।

अहिलेको हाम्रो चरण भनेको गएका आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको सुदृढ गर्ने चरण हो। त्यो सुदृढीकरण गर्दै हामी समाजवादको दिशामा, अथवा समाजवाद उन्मुख दिशामा अघि बढने। हाम्रो निष्कर्ष यो हो। अव नेकपा एमाले यसरी जान्छ। त्यसका निम्ति समाजवादमा जाने ठोस कार्यक्रमहरु के–के हुन्छन ? भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख भएको छ। 

यसको व्याख्या, विश्लेषण गर्नुपर्ने आवश्यक्ता भएर अध्यक्ष कमरेडले के भन्नु भएको छ भने यि कुराहरु महाधिवेशनमा पनि छलफल गरौं, महाधिवेशन पछि पनि छलफल गरौं। ठोस कार्यक्रमहरु बनाऔं, बनाउनुपर्छ। त्यसका निम्ति पार्टी भित्र अझै छलफल गर्दै जाउँला भनेर अध्यक्ष कमरेडले भन्नु भएको छ र यसरी हामीले यो प्रतिवेदनमा अझै एकरुपता ल्याउने कोसिस आजको बैठकबाट भएको छ। यो नेकपा एमालेको संस्थापनक पार्टी सदस्यहरुको निम्ति आजको बैठकमा सुखद् सन्देश तपाईँ (सञ्चारकर्मी)हरुलाई भन्न चाहन्छु।

नेकपा एमालेको कार्यभार एकीकृत कम्युनिष्ट पार्टी बनाउने कार्यभार हो। त्यसका निम्ति सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसित त्यो ढंगले कुराकानीहरु अगाडि बढाउनु पर्दछ। र विशेष गरीकन हाम्रो मुख्य प्रतिद्धन्दी, प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्नका निम्ति अन्य सबै राजनीतिक शक्तिहरुसँग एकताबद्ध हुँदै अगाडि बढने र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अगाडि बढनु पर्दछ र यस क्रममा विभिन्न कम्युनिष्ट पार्टीहरुमा देखिएका कतिपय उग्रवामपन्थी चिन्तनहरु छन्, कतिपय दक्षिणपन्थी चिन्तनहरु छन्। कतिपय फुटपरस्त चिन्तनहरु छन्। कतिपय गुटपरस्त चिन्तनहरु छन्। ती चिन्तनहरुसँग लगातार बैचारिक संघर्ष गर्दै एउटा वैचारिक, सांगठानिक र सुदृढ एकताको जगमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने यो कार्यभार पनिआजको बैठकले थप स्पष्ट गरेको छ।

(सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग भट्टराईले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित: Sep 27, 2021| 21:47 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...