शुक्रबार, भदौ ५, २०८३

एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावल

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- नेकपा एमालेले दश बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ। सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो। 

अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए। 

कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्। नेता शंकर पोखरेललाई पनि कार्य दलमा राख्ने निर्णय गरेको छ। 

'अब कार्य दलको बैठक भोलि नै हुन्छ। भीम रावल कमरेडको सो बैठक भोलि नै बोलाउनु भएको छ। देशभर कहाँ-कहाँ यो कार्यान्वयन भएको छैन। कार्यान्वयनका निम्ति सहजीकरण गर्न हुन्छ र यो कार्यान्वयन हुँदै जान्छ,’ एमाले नेता योगेश भट्टराईले भने। 

बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई निर्देशन दिएको छ।

एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्बन्धि प्रतिवेदनमा पार्टी भित्र फरक मत नरहेको पनि जनाएको छ।

प्रकाशित: Sep 27, 2021| 21:35 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...