शुक्रबार, भदौ ५, २०८३

दुई दल फुटेपछि खारेज भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्। 

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहित शेरबहादुर देउवा सरकारले ननै अध्यादेश ल्याएको थियो। 

यसअघि सरकारले ल्याएको उक्त अध्यादेशपछि नै नेकपा एमालेबाट माधवकुमार नेपालसहितका नेता बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। जसपाबाट अलग्गिएका महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए। 

उक्त अध्यादेशको नेकपा एमाले र उपेन्द्र यादवले विरोध गरेका थिए। यादवले अध्यादेश फिर्ता भएपछि मात्रै मन्त्रीहरुको नाम पठाउने अडान राखेपछि मन्त्रिपरिषद्‌ पनि विस्तार हुन सकेको छैन। 

प्रकाशित: Sep 27, 2021| 20:46 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...