शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाका अस्पतालमा कोरोना संंक्रमितलाई बेडको कमी, २.५६ लाखभन्दा धेरैको मृत्यु

अमेरिकाका अस्पतालमा कोरोना संंक्रमितलाई बेडको कमी, २.५६ लाखभन्दा धेरैको मृत्यु

विरामीको संख्या बढदै गएपछि कार पार्किङमा समेत वार्ड बनाएर उपचार गरिंदै छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

एजेन्सी-  विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकामा संक्रमितको संंख्या १ करोड १८ हजार नाघेको छ भने यसैका कारण ज्यान गुमाउनेको संंख्या २ लाख ५६ हजार पुगेको छ।

National life

विश्वभरमा अहिलेसम्म ५ करोड ६५लाख व्यक्ति संक्रमित भएका छन्। यीमध्ये ३ करोड ९३ लाख संक्रमित निको भएका छन्। त्यस्तै मृतकको संंख्या १३ लाख ५३ हजार नाघेको छ। 

विश्वभर सक्रिय संक्रमितको संंख्या १ करोड ५८ लाख छ। 

अमेरिकामा संक्रमण दरमा कमी नआएपछि अस्पतालमा बेड अपुग हुन थालेको छ। 

कार पार्किङमा पनि वार्ड 

Laxmi sunrise bank
kumari

‘द गार्जियन’ को एक रिपोर्टका अनुसार, अमेरिकाका केही राज्यमा अवस्था नियन्त्रण बाहिर पुगेको छ। अमेरिकामा यतिबेला अस्पतालमा रहेका संक्रमितको संख्या ७७ हजार नाघेको छ। 

नेभादा र मिसिगन जस्ता राज्यमा स्थिति झनै विग्रेको छ। नेभादाको रेनो सहरका अस्पतालमा भर्ना हुने विरामीको संख्या बढदै गएपछि कार पार्किङमा समेत वार्ड बनाएर उपचार गरिंदै छ। संंक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ। 

टेनेसीका डायरेक्टर अफ क्रिटिकल केयर डा एलिसन जनसनले भनेका छन्, ‘साँच्चै भन्ने हो भने हामी अवसादमा छौ र निराश हुँदै छौं। अवस्था कहिले सुध्रिने हो थाहा छैन। मैले आफ्नो करिअरमा यस्तो अवस्था आउला भन्ने कहिल्यै सोचेको थिएन।’ 

इदाहोका अस्पतालले थप विरामी भर्ना गर्न नसकिने बताइरहेका छन्। 

ट्रम्प प्रशासन अससफल

ट्रम्प प्रशासनले कोरोना भाइरसलाई कहिल्यै गम्भीरताका साथ नलिएकाले अवस्था यस्तो भएको आरोप लागिरहेको छ। अमेरिकामा एक साताभित्रै १५ लाखभन्दा बढी संक्रमित थपिएका छन्। 

नयाँ राष्ट्रपतिको निर्वाचनपछि त ट्रम्पको आलोचना झनै बढेको छ। आफू नयाँ राष्ट्रपतिमा निर्वाचित भएलगत्तै जो बाइडेनले अमेरिकामा मृतकको संंख्या निकै बढ्नसक्ने भन्दै कडा निर्णय लिन जरुरी भइसकेको बताएका थिए।

अमेरिकामा प्रत्येक दिन औषतमा एक लाखभन्दा बढी संंक्रमित थपिइरहेका छन्। बुधबार न्यूयोर्क सिटी प्रशासनले फेरि लकडाउन गरिने संकेत दिएको छ। विद्यालय, होटेल, रेष्टूराँ बन्द गराइएका छन्।
 

प्रकाशित: Nov 19, 2020| 09:29 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।