शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाउँदै

ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाउँदै

‘अ प्रमिस्ड ल्यान्ड’ अनलाइन बिक्रेता अमेजन र बार्न्स एन्ड नोबलमा शीर्षस्थानमा छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

एजेन्सी– अमेरिकाका पूर्व राष्ष्ट्रपति बराक ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा पहिलो २४ घन्टामै ८ लाख ९० हजार प्रति बिक्री भएको छ। यो सँगै ‘अ प्रमिस्ड ल्यान्ड’ सर्वाधिक बिक्रीहुने राष्ट्रपतिको संस्मरण बन्दैछ।

National life

पहिलो दिन भएको बिक्री प्रकाशक संस्था ‘पेन्गुइन र्‍यान्डम हाउस’ का लागि नयाँ रेकर्ड हो। यसमा पुस्तक खरिदका लागि पहिलेदेखि भएको बुकिङ, ई–बुक र अडियोको बिक्री पनि समावेश छ। 

‘अ प्रमिस्ड ल्यान्ड’ अनलाइन बिक्रेता अमेजन र बार्न्स एन्ड नोबलमा शीर्षस्थानमा छ। 

बार्न्स एन्ड नोबलका सीईओ जेम्स डन्टका अनुार पहिलो दिन यो किताबको ५० हजार प्रति बिक्री भएको छ र उनले १० दिनमा १० लाख प्रति बिक्री भइसक्ने अपेक्षा गरेका छन्।

ओबामाको ७६८ पृष्ठको संंस्मरणको मुल्य ४५ डलर छ। 

Laxmi sunrise bank
kumari

‘अ प्रमिस्ड ल्यान्ड’ मा ओबामाले सन् २००८ को चुनाव प्रचार अभियानदेखि राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकालको अन्त्यमा पाकिस्तानको एबटाबादमा अलकायदा प्रमुख ओसामा बिन लादेनलाई माने अभियानससम्मको आफ्नो यात्रा विवरण दिएका छन्।

यो किताबका दुई भाग छन्, जसमध्ये पहिलो भाग मंगलबार प्रकाशित भएको हो। 

प्रकाशित: Nov 19, 2020| 08:30 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।