बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा प्रहरीको जुवा अप्रेशन, १५ लाखसहित ६५ जुवाडे पक्राउ

दाङमा प्रहरीको जुवा अप्रेशन, १५ लाखसहित ६५ जुवाडे पक्राउ

अवैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना व्यक्तिसहित १५ लाख १८ हजार २२० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

दाङ- दाङमा प्रहरीले १५ लाख नगदसहित ६५ जना पक्राउ गरेको छ । 

चाड पर्व सुरक्षा योजनाअन्तर्गत प्रहरीले चलाएको जुवाअप्रेशनका क्रममा विभिन्न समयमा उनीहरु पक्राउ परेका हुन् । 

जिल्लाका विभिन्न स्थानमा अवैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना व्यक्तिसहित १५ लाख १८ हजार २२० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका ६ बाट गत असोज ६ र १९ गते १ लाख १९ हजार ५ रुपैयाँसहित २२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै असोज २९ गते तुलसीपुर १ बाट २४ हजार ३५६ रुपैयाँसहित ५ जना, असोज १८ गते बबई गाउँपालिका ३ धनुवासबाट २ लाख ६१ हजार ९९० रुपैयाँसहित ८ जना पक्राउ गरेको र उनीहरूलाई जनही ५ हजार जरिवाना र जनही ६ हजार धरौटीसहित कानुन कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

त्यस्तै, असोज १८ गते राप्ती गाउँपालिका ८ सिसहनियाँबाट २ लाख ६० हजार १२५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको र उनीहरूलाई जनही १५ हजार धरौटीसहित कारबाही गरिएको छ। 

त्यसैगरी असोज २६ गते घोराही १४ बाट ७० हजार ४३५सहित ३ जना पक्राउ परेका र उनीहरूले जनही ९ हजार, कात्तिक २ गते घोराही १५ बाट १ लाख २७ हजार ९९० रुपैयाँसहित ५ जना र उनीहरूलाई जनही १० हजार ५००, कात्तिक १२ गते घोराही १० बाट ६२ हजार ९३५ रुपैयाँसहित ४ जना र उनीहरूलाई जनही ८ हजार, धरौटीसहित कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी कात्तिक १६ गते घोराही १८ बाट ३ लाख २३ हजार ६० रुपैयाँँसहित ५ जना र यहि मंसीर २ गते घोराही १६ बाट २ लाख ६८ हजार ३१५सहित ७ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 19, 2020| 04:05 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।