बिहीबार, कात्तिक २७, २०८२

छठ मनाउन सफाइसम्म गरिएन मोहना नदी, तट सुनसान

अघिल्लो वर्षसम्म छठ पर्वको समयमा बेहुलीझैं सिंगारिने मोहना नदी यो वर्ष भने कोरोना कहरका कारण सुनसान छ । त्यहाँ न त सफाइ गरिएको छ न त अन्य वर्षझैं सिंगारिएको छ । 
 |  बिहीबार, मंसिर ४, २०७७

भीम चौधरी

भीम चौधरी

बिहीबार, मंसिर ४, २०७७

धनगढी- कार्तिक शुक्ल पक्षको चौथी तिथिबाट सुरु हुने छठ पर्व मनाउन स्थानीय कैलालीको धनगढीस्थित मोहना नदीतटको सफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन लाग्थे ।

National life

अघिल्लो वर्षसम्म छठ पर्वको समयमा बेहुलीझैं सिंगारिने मोहना नदी यो वर्ष भने कोरोना कहरका कारण सुनसान छ । त्यहाँ न त सफाइ गरिएको छ न त अन्य वर्षझैं सिंगारिएको छ । 

विश्वव्यापी फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसवर्ष भिडरहित छठ मनाउने निर्णय गरिएको छठ पूजा व्यवस्थापन समिति धनगढीका संयोजक सन्तोष मन्डलले बताए ।

'एकै ठाउँमा धेरै मानिस जम्मा भएमा कोरोना संक्रमण सर्ने खतरा उच्च हुँदा स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै सामूहिक रुपमा पर्व नमनाउने निर्णय गरेका हौ,' संयोजक मन्डलले भने, ‘शुभकामना आदानप्रदानका लागि सामाजिक सञ्जालको प्रयोग गर्छौ ।’ 

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि छठ पर्वलाई सामूहिक रुपमा नमनाउन आग्रह गरेको छ ।

Laxmi sunrise bank
kumari

‘सामूहिक रुपमा पर्व मनाउँदा कोरोना संक्रमण सर्ने जोखिम हुन्छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘यो वर्ष सुरक्षित रहेर पर्व मनाउन आग्रह गरिएको छ ।’ 

अघिल्ला वर्षहरूमा धनगढीको मोहना नदीतटमा ५ हजारभन्दा बढीले सूर्यलाई जल चढाउँदै छठ पर्व मनाउने गर्दै आएको बताइएको छ ।

प्रकाशित: Nov 19, 2020| 04:25 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।