आइतबार, असार २८, २०८३

वेल्स नेसन्स लिग ग्रुप ‘ए’मा बढुवा

फिनल्यान्डलाई हराउँदै वेल्सले नेसन्स लिग अन्तर्गतको शीर्ष प्रतियोगितामा प्रवेश पाएको छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमडौं–फिनल्यान्डलाई हराउँदै वेल्सले नेसन्स लिग अन्तर्गतको शीर्ष प्रतियोगितामा प्रवेश पाएको छ। 

ऊ दोस्रो डिभिजनको नेसन्स लिग (ग्रुप बी ४) को शीर्षस्थानमा रहँदै ‘नेसन्स लिग ए’ मा प्रवेश पाएको हो।

बुधबार राति सम्पन्न खेलमा वेल्सले घरेलु मैदानमा फिनल्यान्डविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो। 

यता फिनल्यान्डका जेरे यूरोनन् भने खेलको १२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थिए।

उनले वेल्सका ह्यारी विल्सनमाथि फल गरेपछि बाहिरिएका हुन्। उनै विल्सनले खेलको २९ औं मिनेटमा ग्यारेथ बेलले दिएको पासलाई गोलमा बदललेपछि वेल्सले सुरुवाती अग्रता बनाएको थियो।

१० खेलाडीमा सीमित फिनल्यान्ड पहिलो हाफमा एक गोलले पछि पर्यो भने दोस्रो हाफमा पनि थप दुई गोलको सामना गर्यो। 

यसपटक, ४६ औं मिनेटमा डानियल जेम्सले २० यार्डबाट गोल गरे भने ८४ औं मिनेटमा किफर मोरेले गोल गरे।

अन्तिम गोलका लागि जेम्सले पास दिएका थिए। सो गोलसँगै जित निकालेको वेल्स नेसन्स लिगको शीर्ष समूहमा पहिलोपटक प्रवेश गरेको छ। 

जहाँ उसले यूरोपकै लिडिङ नेसन्स फ्रान्स, स्पेन, जर्मनीजस्ता राष्ट्रको सामना गर्नेछ। वेल्स समूहको विजेता भएपछि उसले २०२२ को विश्वकप छनोट प्लेअपमा ठाउँ बनाएको छ।
 

प्रकाशित: Nov 19, 2020| 01:16 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।