बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली भन्छन्- ममाथि लागेका आरोपको छिनोफानो नगरी एकता प्रक्रिया अघि बढ्दैन

ओली भन्छन्- ममाथि लागेका आरोपको छिनोफानो नगरी एकता प्रक्रिया अघि बढ्दैन

‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं।’
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपको छिनोफानो नभएसम्म पार्टी एकताको बाँकी काम अघि नबढाउने बताएका छन्।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले उक्त धारणा राखेको नेकपा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन्।

‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्‍याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई अस्वीकार र खारेज गर्ने उदघोष गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ।’

आफूमाथि लगाइएका आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सहज र सम्भव नहुने ओलीले धारणा राखेका हुन्।

‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं,’ पोखरेलले भनेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीकै कारणले पार्टी र सरकार कमजोर भएको निष्कर्ष निकाल्दै २८ कात्तिकमा सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्ताव पछि ओली पक्ष क्रुद्ध बनेको थियो। बुधबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको प्रस्तावको लिखित रुपमा नै जवाफ दिने र आफूले पनि त्यसको प्रस्ताव तयार गर्ने भन्दै समय मागेपछि सचिवालय बैठक १० दिनका लागि सारिएको छ।

अब १३ मंसिरमा बस्ने नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने प्रस्ताव र दाहालले पेश गरेको प्रस्तावमाथि छलफल हुनेछ।

नेकपाभित्र पछिल्लो विवाद चर्किंदै जाँदा त्यसको समाधानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको समेत सक्रियता बढेको छ।

प्रकाशित: Nov 18, 2020| 17:17 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।