बुधबार, भदौ १७, २०८३

प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४० जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४० जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी,  शिवसताक्षी, बुद्धशान्ति , कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार  ५१६ पुगेको छ। 
प्रदेश १ मा बुधबार ३६३ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ।
प्रदेश १ मा बुधबार १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरिएका मध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 18, 2020| 12:14 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।