मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १८ वटा वाणिज्य बैंकको नाफा घट्यो (कुन बैंकको कति नाफा–घाटा)

१८ वटा वाणिज्य बैंकको नाफा घट्यो (कुन बैंकको कति नाफा–घाटा)

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ९ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १८ वटाको घटेको छ।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौंं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ९ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १८ वटाको घटेको छ। कोरोना महामारीका कारण आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको नाफा घटेको हो। 

कोरोनाका कारण नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण सञ्चालन मुनाफा घटेको छ भने ब्याजमा दुई प्रतिशत छुट दिँदा ब्याज आम्दानी पनि घटेको छ। ऋणीहरुले ऋण तिर्न नसक्दा पनि नाफामा असर परेको छ।

महामारीका बाबजुद ७ वटा वाणिज्य बैंकको नाफा भने बढेको देखिएको छ। समीक्षा अवधिमा गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा एनएमबि बैंक छ। एनएमबिले पहिलो तीन महिनामा १६८ प्रतिशत नाफा बढाएको छ। 

कोरोनाका कारण ग्राहकलाई ऋण लिन असहज नहोस् भन्दै बैंकले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट ऋण स्वीकृति गर्ने गरिएको बताएको छ। बैंकले ई–बैंकिङको प्रयोग पनि बढाएको छ। यसका कारण सञ्चालन खर्चमा कमी आई नाफामा वृद्धि भएको बैंकले जनाएको छ। 

नाफा बढी कमाउने अरु बैंकहरुमा ग्लोबल आइएमई, मेगा, नेपाल बंगलादेश, प्रभु, एनआइसी एशिया, सिटिजन्स, प्राइम कमर्सियल र कुमारी बैंक छन्। 

गत वर्षको पहिलो त्रैमासमा बढी नाफा कमाएका राष्ट्रिय वाणिज्य बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन बैंकको नाफा भने घटेको छ। 

ग्लोबल आइएमई बैंकले गत वर्षमात्रै जनता बैंकलाई गाभेका कारण बैंकको नाफामा वृद्धि देखिएको छ। ग्लोबलको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ। 

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी घाटा व्यहोर्ने बैंकमा नेपाल एसविआइ बैंक छ। सो बैंकको पहिलो तीन महिनामा गत वर्षको तुलनामा ५४.१४ प्रतिशतले नाफामा कमी आएको छ।

प्रकाशित: Nov 18, 2020| 11:23 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्