पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।
यस्तै २४ घण्टामा ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख ८२ हजार ७८० संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ।