बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा महासचिव पौडेलको प्रस्ताव : सचिवालयका सबै सदस्यले राजीनामा गरौं

नेकपा महासचिव पौडेलको प्रस्ताव : सचिवालयका सबै सदस्यले राजीनामा गरौं

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव लाञ्छना र आरोपले भरिएको बताएका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं-  नेकपाको आज (बुधबार) बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएर नयाँ पुस्तालाई बाटो खोलिदिन प्रस्ताव गरेका छन्। 

नेकपा सम्बद्ध स्रोतका अनुसार बैठकमा पौडेलले भने, ‘हालको सचिवालय टिमले नेतृत्व गर्न सक्दैनौं, हामी अयोग्य भयौं। अब सबैले सामूहिक  राजीनामा गरेर नयाँ पुस्ताका लागि ठाउँ खाली गरौं।”

उनले १८ गते बस्ने स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित गर्न पनि माग गरेका छन्। 

लामो अन्योलपछि बुधबार नेकपा सचिवालय बैठक वुधबार बसेको हो। बैठकमा प्रधानमन्त्री ओलीले पनि प्रस्ताव पेस गर्ने र त्यसका लागि दस्ताबेज लेख्न १० दिन समय मागेपछि अब बैठक १३ गते पुन: बस्ने भएको छ।

दाहालको प्रस्ताव लाञ्छनायुक्त: ओली 

बुधबारको बैठकको सुरुमा सम्बोधन गरेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव लाञ्छना र आरोपले भरिएको भन्दै आफू उक्त प्रस्ताव पढेर यत्तिकै बस्न नसक्ने बताएको स्रोतले जानकारी दियो। 

स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले प्रचण्डको प्रस्तावमा असाध्यै आधारहिन र गम्भीर कुरा उठाइएको र त्यसको व्यवस्थित र तथ्यपरक जवाफ दिन्छु भन्नु भएको छ। त्यसैकारण १३ गतेसम्मका लागि बैठक सरेको हो ।’ 

पार्टीमा देखा परेको समस्या समाधानका लागि आज नेकपा सचिवालय बैठक बसेको थियो। 


 

प्रकाशित: Nov 18, 2020| 09:55 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।