बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयमा ओलीले पनि प्रस्ताव ल्याउने, अर्को बैठक १३ गते

नेकपा सचिवालयमा ओलीले पनि प्रस्ताव ल्याउने, अर्को बैठक १३ गते

सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्। 

लामो अन्योलपछि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दस्ताबेज लेख्न आफूलाई १० दिन समय मागेपछि यस्तो सहमति भएको हो।

ओलीको प्रस्ताव, अर्का अध्यक्ष पुष्पकमल दाहालले यसअघि पेस गरेको राजनीतिक प्रस्ताव र यसअघि प्रस्तुत सबै सामग्रीसमेतमा छलफल गर्ने गरी मंसिर १३ गते सचिवालय बैठक तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए। 

बुधबारकाे बैठकको सुरुमा ओलीले सम्बोधन गरेका थिए  बैठक करिब ढेड घण्टा चलेको थियो ।

लामो रस्साकस्सीपछि गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीको अडानका कारण बुधबारको बैठक अनिश्चित जस्तै बनेको थियो। 

प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालन गर्न नसकेको, उनले उपयुक्त निकास दिएर योगदान दिनुपर्ने जस्ता आक्षेप दाहालको प्रस्तावमा थियो। 
सोही कारण ओली पक्षले दाहालले प्रस्ताव फिर्ता नलिए बैठक सार्ने दबाब दिँदै आएको थियो। 

तर दाहाल पक्षले भने प्रस्तावमा सचिवालयका पाँचै सदस्यको धारणाका रुपमा आएकाले यसलाई फिर्ता नलिने बरु बैठकबाटै सबै निर्णय गर्ने अडान राख्दै आएको थियो। 

यसबीचमा चिनियाँ राजदूतको चलखेल, राष्ट्रपति विद्यादेवी भण्डारीको संविधानविपरीत सक्रियता र दोस्रो तहका नेताहरुको दबाबपछि नेकपा सचिवालयको बैठक निर्धारित समयमै बसेको हो। फुटको संघारमै पुग्न लागेको नेकपाको यो सचिवालय बैठकले विवाद  केही मत्थर हुने संकेत देखिएको छ।
 

प्रकाशित: Nov 18, 2020| 09:18 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।