बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीको आन्दोलनमा नौवटा स्वास्थ्य संघको ऐक्यबद्धता 

स्वास्थ्यकर्मीको आन्दोलनमा नौवटा स्वास्थ्य संघको ऐक्यबद्धता 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र देशका अन्य स्वास्थ्य संस्थामा भइरहेको स्वास्थ्यकर्मीको आन्दोलनमा स्वास्थ्य क्षेत्रका ९ वटा संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन्। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र देशका अन्य स्वास्थ्य संस्थामा भइरहेको स्वास्थ्यकर्मीको आन्दोलनमा स्वास्थ्य क्षेत्रका ९ वटा संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन्। 

कोरोना रोकथाम तथा उपचारमा खटिएका चिकित्सकलाई काम गर्ने वातावरण मिलाउन तथा स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन अस्पताल व्यवस्थापक तथा सरकारलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै संघहरुले ध्यानाकर्षण भएको जनाएका छन्। 

स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग जायज भएकाले तत्काल ती माग पूरा गर्दै काम गर्ने सहज वातावरण मिलाउन संघले आग्रह गर्दै ऐक्यवद्धता जनाएको छ। 

कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सेवासुविधामा कटौती गरेको, सुरक्षा सामग्री उपलब्ध नगराएको, काम गर्ने वातावरण नमिलाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र अन्य विभिन्न स्थानमा स्वास्थ्यकर्मी आन्दोलित छन् । 

स्वास्थ्यकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल फार्मेसी संघ, नेपाल फिजियोथेरापी संघलगायत छन् । 

प्रकाशित: Nov 18, 2020| 08:39 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।