सोमबार, असार २२, २०८३

दुई-दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।

पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो। पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५ र २१–१७ सेटमा पराजित गरेको हो। प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो। पुलिस समूह 'बी'मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो।

यसैगरी गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ। समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशमाथि जित निकाल्दै ३ अंक जोडेको थियो। यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो। गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ। समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतिय खेलाडीहरुलाई प्रार्थमिकतामा राखेको छ। यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३–१ को जित निकाल्यो। दावाँली क्लबले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो।


प्रकाशित: Sep 27, 2021| 19:42 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।