बुधबार, भदौ १७, २०८३

योगेश भट्टराई भन्छन्- सर्वाधिक कठिन समय !

सचिवालय बैठक प्रभावित हुने गरी मन्त्रिपरिषद् बैठक डाकिएपछि पर्यटन मन्त्री भट्टराईले सर्वाधिक कठिन समय भनेर टिप्पणी गरेका छन् । 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई लक्षित गर्दै पार्टीको स्थायी समिति सदस्यसमेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले आफू सर्वाधिक कठिन समयबाट गुज्रिराखेको बताएका छन् । 

सामाजिक सञ्जालमा फेसबुकमा उनले पार्टी भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

शुक्रबार बसेको बैठकले आज (बुधबार) दिउँसो १ बजेका लागि नेकपाको सचिवालय डाकेकाे थियो । तर, आजै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन् । 

सचिवालय बैठक प्रभावित हुने गरी मन्त्रिपरिषद् बैठक डाकिएपछि पर्यटन मन्त्री भट्टराईले सर्वाधिक कठिन समय भनेर टिप्पणी गरेका छन् । 

उनी माधव कुमार नेपाल निकट मानिन्छन् । नेपाल, प्रचण्डसहितका पाँच जना सदस्यले सचिवालय बैठक कुनै हालतमा सार्न नसकिने अडान लिदै आएका छन् । तर, ओली बैठक सार्ने पक्षमा छन् । बैठक नसर्ने स्थिति बनेपछि ओलीले मन्त्रिपरिषद् बैठक डाकेको स्रोतको दाबी छ । 

यस्तो परिस्थितिमा डाकिएको बैठमा जाने की नजाने भन्ने विषयमा प्रचण्ड र नेपाल निकटका मन्त्रीहरु दोधारमा परेको स्रोतको दाबी छ । यहि सन्दर्भमा पर्यटन मन्त्री भट्टराईले लेखेका छन्– सर्वाधिक कठिन समय !

प्रकाशित: Nov 18, 2020| 04:40 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।