बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'आइसोलेसनको झन्झटले पीसीआर नगर्ने प्रवृत्ति डरलाग्दो रुपमा देखियो'

'आइसोलेसनको झन्झटले पीसीआर नगर्ने प्रवृत्ति डरलाग्दो रुपमा देखियो'

कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो ।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

भाइटीकाको राति १० बजे एउटा फोन आयो- ४०-४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त । एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ? मैले पीसीआर गराइसक्नु भयो भनेर सोधेँ, उहाँहरूले छैन भन्नुभयो । जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनोस् भनेँ ।

मलाई लाग्यो, बिरामी अस्पताल पुग्नु हुनेछ । तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नुभयो । सायद समयमै अस्पताल आइपुग्नु भएको भए बिरामीलाई बचाउन सकिन्थ्यो कि ? अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।

यो घटनाले अहिले होम आइसोलसनमा लापरबाही र कोरोना परीक्षण नगरी दुई चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ । कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो ।

बेवास्ता र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं । लक्षण देखिएपछि कम्तीमा पीसीआर गराइहालौं, अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं । गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ शतर्क बनौं ।

कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौं। पीसीआर गरे बेकारमा १४-१५ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ । यो गल्ती गर्दै नगरौं । तपाईंको जीवनभन्दा ठूलो १४-१५ दिनको आइसोलेसन होइन ।

लक्षण देखिएकालाई सरकारले पीसीआर टेस्ट निःशुल्क गरिसकेको छ । त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण देखिए टेस्ट गर्न ढिला नगरौं । कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार साथीभाइ वा चिकित्सकलाई भनीहालौं ।

यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ । त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऊँ, हात धोऊँ रस्यानिटाइज गरौं, भौतिक दूरी कायम राखौं ।

(डा. बास्तोलाको ट्विटर एकाउन्टबाट साभार)

प्रकाशित: Nov 18, 2020| 01:52 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।