काठमाडौं– सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। पार्टीभित्र विवाद चर्किरहेका बेला दाहाल राष्ट्रपतिलाई भेट्न बालुवाटार पुगेका हुन्।
अध्यक्ष दाहाल पार्टी विवादकै विषयमा कुरा गर्न वा अन्य कामले शीतलनिवास गएका हुन् भन्ने खुलेको छैन।
भोलि बुधबारका लागि डाकिएको सचिवालय बैठक सार्न ओली प्रयासरत रहेको बताइएको छ। दाहाल पक्ष भने बैठक सार्न नहुने अडानमा छ। यसै क्रममा ओलीलृ आज पार्टीमा गहिरिँदै गएको संकटसँग जुध्ने थप रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफल गरेका थिए।
उनले आफ्नो निवास बालुवाटारमा उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र आफ्नो सचिवालयका सदस्यहरुसँग छलफल गरेका हुन्।
ओली पक्ष बैठक रोक्न र दाहाल नेपाल पक्ष जसरी बैठक बसाल्ने अडानका बीच नेकपाभित्रको विवादले झनै चर्को रुप लिने देखिएको छ।