बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजविराज-वीरगन्ज सरकारी बस सेवाको तयारी, यातायात व्यवसायी विरोधमा

राजविराज-वीरगन्ज सरकारी बस सेवाको तयारी, यातायात व्यवसायी विरोधमा

कोरोना संक्रमणका कारण लगाइएको लकडाउनपछि खोलिएको यातायात सेवा प्रभावित रहेको समयमा प्रदेश सरकारको यस प्रकारको योजनाले झन् पीडित तुुल्याउने भन्दै यातायात व्यवसायीले विरोध गरेका हुन्। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

जनकपुरधाम- प्रदेश २ सरकारले सस्तो दरमा यातायात सेवा सञ्चालन गर्ने योजना ल्याएको छ। प्रदेश सरकारले यो योजना ल्याएसँगै यातायात व्यवसायी भने विरोधमा उत्रेका छन्।

कोरोना संक्रमणका कारण लगाइएको लकडाउनपछि खोलिएको यातायात सेवा प्रभावित रहेको समयमा प्रदेश सरकारको यस प्रकारको योजनाले झन् पीडित तुुल्याउने भन्दै यातायात व्यवसायीले विरोध गरेका हुन्। 

माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले कोरोनाका कारण यातायात व्यवसायी ७ महिनादेखि आर्थिक संकट झेलिरहेको अवस्थामा प्रदेश सरकारले घाउमा मलहम लगाउनुको साटो झन् घाउ पार्ने काम गरेको आरोप लगाए। 

चौधरीले कोरोना त्रासका कारण जनकपुरधामबाट मुश्किलले ४० गाडीमात्रै संचालनमा रहेकाले बस व्यवसायीहरु घाटा सहेर अल्टरनेट रुपमा बस संचालन गर्दै आइरहेको बताए। दिनहुँ घाटामा गइरहेका बस व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा कमिसनको चक्करमा प्रदेश सरकारले थप पीडा दिने काम गरेको उनको भनाइ छ।

श्री रामजानकी ट्राभल्सका संचालक नरेश साहले कोरोेनाका कारण व्यवसाय नै धरापमा परेको समयमा प्रदेश सरकार कमिसननको चक्करमा लाग्नु चिन्ताको विषय रहेको बताए। 'केन्द्र सरकारले समेत साझा बस संचालनमा ल्यायो, अहिले घाटामा चलिरहेको छ। प्रदेश सरकारले अहिलेको समयमा बस किन्नुको साटो यातायात सेवा पूर्ववत् संचालनमा ल्याउनु प्रमुख चुनौती रहेको छ,' साहले भने। प्रदेश सरकारका लागि पनि यो घाटाको निर्णय हुने उनले दावी गरे । 

अन्य बस व्यवसायीहरुले पनि बस व्यवसायीहरूलाई बैंक ऋण र ब्याजमा सहुलियत दिनुपर्ने माग गरेका छन्। प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निजी बस व्यवसायीहरूले भाडा बढी लिने गरेको भन्दै प्रदेशवासीको यातायात सेवामा सहजता प्रदान गर्नका लागि ५ वटा बस किनेको छ।

गत आर्थिक वर्षमै किनिएको बस नेपाल भारत सीमा बन्द रहेकाले गत सातामात्रै ल्याइएको हो। अहिले ती बस धनुषाको ढल्केवरस्थित सिप्रदी ट्रेडिङमा राखिएको छ। बसहरु ल्याई सकिएपनि अहिलेसम्म प्रदेश सरकारलाई हस्तान्तरण हुन नसकेको भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए।

प्रदेश परिवहन नाम दिइएको सो यातायात सेवा सप्तरीको राजविराजदेखि पर्साको वीरगन्जसम्म संचालनमा ल्याउने प्रदेश सरकारको योजना छ।

प्रकाशित: Nov 17, 2020| 10:56 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।