शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना खोपमा सहज पहुँचका लागि एडीबीद्वारा विकासशील देशलाई २.०३ करोड डलर सहयोग

कोरोना खोपमा सहज पहुँचका लागि एडीबीद्वारा विकासशील देशलाई २.०३ करोड डलर सहयोग

एसियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासशील सदस्य मुलुकहरुलाई कोरोना भाइरसको भ्याक्सिनमा सहज पहुँच कायम गर्न र वितरण प्रणाली प्रभावकारी बनाउन २.०३ करोड डलर सहयोग गरेको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

मनिला-  एसियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासशील सदस्य मुलुकहरुलाई कोरोना भाइरसको भ्याक्सिनमा सहज पहुँच कायम गर्न र वितरण प्रणाली प्रभावकारी बनाउन २.०३ करोड डलर सहयोग गरेको छ। 

National life

एडीबीले सदस्य राष्ट्रका सबैलाई भ्याक्सिन वितरण प्रभावकारी रुपमा होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको जनाएको छ। 

विकासशील मुलुकहरुका लागि यो रकम खोप सम्बन्धी स्वास्थ्य प्रणालीको मूल्यांकन गर्दै सुरक्षित रुपमा सर्वसाधारणसमक्ष खोपको पहुँच पुर्‍यउन खर्च गरिने एडीबीले जनाएको छ। 

यस्तै रकम खोप चिस्यानमा राख्न, संक्रमण नियन्त्रण गर्न, स्वास्थ्यकर्मीको नियुक्ति र क्षमता अभिवृद्धि गर्न तथा अनुगमन र मूल्यांकनमा खर्च गरिनेछ।

एडीबीका दिगो विकास र मौसम परिवर्तन सम्बन्धी विभागका महानिर्देशक बुचाङ उमले भने, कोरोना भाइरसको व्यापक प्रसार रोक्न एसिया प्रशान्त क्षेत्रले राम्रो काम गरिरहेको छ। अब यसविरुद्धको खोप सुरक्षित, प्रभावकारी र न्यायसंगत रुपमा पुर्‍याउनु महामारीविरुद्धको अर्को संघर्ष हो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 17, 2020| 10:06 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।