काठमाडौं- सामाजिक सञ्जाल फेसबुकले अमेरिकी नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका बारेमा लेखिएका नस्लभेदी एवम् महिलाविरोधी आपत्तिजनक पोस्ट, मिम्स र कमेन्ट हटाइदिएको छ।
बीबीसीमा खबर प्रकाशित भएपछि फेसबुकले ह्यारिस विरोधी आपत्तिजनक सामग्री हटाएको हो।
बीबीसीले तीन समूहले निरन्तर रुपमा ह्यारिस विराधी सामग्री पोस्ट गर्दै आएको जनाएको छ।
फेसबुकले कमला ह्यारिसका बारेमा रहेका घृणास्पद सामग्री हटाए पनि ती सामग्री पोस्ट गर्ने समूह वा व्यक्ति विरुद्ध कुनै कारबाही गर्ने छैन।