शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै चीनले भन्यो - मिलेर काम गर्न इच्छुक छौं

परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै चीनले भन्यो - मिलेर काम गर्न इच्छुक छौं

नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको ६ दिनपछि चिनियाँ विदेशमन्त्रीले बधाई दिएका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको ६ दिनपछि चिनियाँ विदेशमन्त्रीले बधाई दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ६ गते खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। 

उनी नियुक्त भएकै दिन संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए। परराष्ट्रमन्त्री खड्का अहिले अमेरिका छन्। 

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका हुन्। 

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीटमार्फत् यसबारे जानकारी दिएकी हुन्। यान्छीले लेखेकी छन्, 'चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउनुभएको छ। र चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ।'

भारतका विदेशमन्त्री एस जयशंकरले असोज ७ गते नै परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै मिलेर काम गर्ने इच्छा व्यक्त गरेका थिए। 


प्रकाशित: Sep 27, 2021| 19:06 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...