काठमाडाैं- इसेवा मनि ट्रान्सफर र हङकङको रेमिट्यान्स कम्पनी केएमई रेमिटेन्सबीच रेमिट्यान्स सेवा सुरु भएको छ।
यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिने इसेवा मनि ट्रान्सफरले जनाएको छ।
नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ। त्यसै गरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। केएमई रेमिट्यान्सले छिटै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने जनाएको छ।
रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।