शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ सरकारलाई ट्रम्पले अवरोध गरिराखे धेरै मानिसको ज्यान जान सक्छ : बाइडेन

नयाँ सरकारलाई ट्रम्पले अवरोध गरिराखे धेरै मानिसको ज्यान जान सक्छ : बाइडेन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो नयाँ सरकारलाई निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्न खोजे मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो नयाँ सरकारलाई निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्न खोजे मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

National life

डेलावेयरमा आयोजित एक कार्यक्रममा बाइडेनले भने, ‘कोरोना महामारीलाई रोक्न सामञ्जस्य जरुरी छ। ट्रम्पले नयाँ बन्ने सरकारलाई अवरोध जारी राखे भने थप धेरै मानिसको मृत्यु हुन सक्छ।’

ट्रम्पले हार स्वीकार नगर्नु लज्जाजनक भएको बाइडेनले टिप्पणी गरेका छन्। 

३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेन ३०६ इलेक्टोरल कलेजमा विजयी भएर राष्ट्रपतिमा निर्वाचित भएका थिए। जितका लागि २७० इलेक्टोरल कलेज पर्याप्त हुन्छ।  

यसका बाबजुद ट्रम्पले सोमबार ‘चुनाव मैले जितेको हुँ’ भन्दै ट्विट गरेका थिए। ट्विटरले उनलाई चेतावनी दिँदै उक्त सूचनाको बारेमा अर्को स्रोतले फरक कुरा भनेको बताएको छ। 

Laxmi sunrise bank
kumari

–बीबीसी
 

प्रकाशित: Nov 17, 2020| 02:23 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।