सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्- महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन

विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्- महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन

विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले बताएका छन्। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

जेनेभा-  विश्वमा कोरोनाभाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्। 

महामारीले कैयौं महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो। यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन। खोप आफैंले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन।” 

विश्व स्वास्थ्य संगठनको  शनिबारको तथ्यांकअनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा संक्रमण पुष्टि भएको र यस पहिलेको संक्रमितको उच्चतम संख्या नोभेम्बर ७ मा ६ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रबार तोडिएको हो।

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा  स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसंख्यारहनुपर्ने बताए। यसबाट संक्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए।

एएफपी

प्रकाशित: Nov 16, 2020| 14:15 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।