शुक्रबार, फागुन २९, २०८२

बेलायती प्रधानमन्त्री जोनसन फेरि आइसोलेसनमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन्।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

लन्डन-  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन्।

National life

संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो। 

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्। 

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन्।
 
उनले सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने आइसोलेसनबाटै गर्ने जनाइएको छ। 

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ। उहाँलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन। उहाँलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने।
 
प्रधानमन्त्री जोनसनले यसअघि पनि लन्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए।  उनलाई गत अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।रासस
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2020| 13:22 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।