शुक्रबार, फागुन २९, २०८२

बिहारमा नीतीशकुमार बने सातौंपटक मुख्यमन्त्री

भारतको बिहारमा नीतीशकुमारले सोमबार मुख्यमन्त्रीको शपथ लिएका छन्।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

नयाँदिल्ली-  भारतको बिहारमा नीतीशकुमारले सोमबार मुख्यमन्त्रीको शपथ लिएका छन्।

National life

मुख्यमन्त्रीमा उनको यो सातौं पटकको शपथ हो। नीतीशकुमारलाई विहारका राज्यपाल फागू चौहानले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बीजेपीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले पनि मन्त्री पदको शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि सहभागी थिए।

महागठबन्धन (राजद, कांग्रेस, वाम दल) ले भने शपथ ग्रहण समारोह बहिष्कार गरेको छ।

नीतीशकुमारले पहिलोपटक २००५ मा मुख्यमन्त्री भएका थिए। तर त्यति बेला उनले धेरै समय सरकार चलाउन पाएका थिएनन्। त्यसपछि उनले भाजपासँग मिलेर सरकारको नेतृत्व गर्दै आएका छन्। 

Laxmi sunrise bank
kumari

बिहारमा एनडीएमा नीतीशकुमारको पार्टी जदयू, भाजपा, जितनराम माझीको पार्टी हम र मुकेश साहनीको पार्टी वीआईपी संलग्न छन्। 

१० नोभेम्बरमा सार्वजनिक विधानसभाको चुनावी परिणामअनुसार राष्ट्रिय जनता दलले ७५ सिटमा जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ। यस्तै भाजपाले ७४ सिटमा जितेको छ भने नीतीशकुमारको पार्टी जदयूले ४३ सिटमा जित हासिल गरेको छ। बीबीसी

प्रकाशित: Nov 16, 2020| 11:44 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।