मंगलबार, भदौ १६, २०८३

पर्यटन क्षेत्र छिट्टै लयमा फर्किन्छ : भट्टराई 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रले छिट्टै लय समात्ने बताएका छन्। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रले छिट्टै लय समात्ने बताएका छन्। 

अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार शेख मोहम्मद बिल अब्दुल्लालाई बिदाई गर्दै शनिबार भट्टराईले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै लयमा फर्किने बताएका हुन्। 

भट्टराईले कोरोना महामारीबीच राजकुमार अब्दुल्लाले नेपाल भ्रमण र हिमाल आरोहण गरेर पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए। 

उनले भने, ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्किँदैछ, विदेशी  पर्यटकलाई पनि म स्वास्थ्य मापदण्ड पालना गरी भ्रमणमा आउन आग्रह गर्दछु।’

राजकुमारसहितको १३ सदस्यीय टोलीले २६ कात्तिकमा अमादब्लमको आरोहण गरेको थियो। अमादब्लम हिमालको उचाइँ ६८१४ मिटर छ। 
 

प्रकाशित: Nov 14, 2020| 14:29 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्