सल्यान– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमा २१ हजार २२ जना बेरोजगार व्यक्ति सूचिकृत भएका छन्।
आर्थिक वर्ष २०७७/०७८ का लागि १० वटा स्थानीय तहका बेरोजगार व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका हुन्।
सरकारले ८ साउनदेखि ७ भदौसम्म स्थायी बसोबास गरिरहेको वडामा गएर १८ देखि ५९ वर्षसम्मका व्यक्तिले निवेदन दिन सक्ने व्यवस्था गरेको थियो।
सूचिकृत बेरोजगार व्यक्तिलाई प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाउने सरकारी योजना छ।
गत वर्षको तुलनामा यो वर्ष सूचीकृत हुने व्यक्तिको संख्या बढेको छ। गत वर्ष १३ हजार ८७७ जना सूचीकृत भएका थिए।