मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धनतेरसको दिन शुक्रबार बिक्यो २५ किलो सुन र ९०० किलो चाँदी 

धनतेरसको दिन शुक्रबार बिक्यो २५ किलो सुन र ९०० किलो चाँदी 

धनतेरस अर्थात् धनवन्तरी जयन्तीका अवसरमा शुक्रबार २५ किलो सुन र ९०० किलो चाँदी बिक्री भएको छ। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं– धनतेरस  अर्थात् धनवन्तरी जयन्तीका अवसरमा शुक्रबार २५ किलो सुन र ९०० किलो चाँदी बिक्री भएको छ। 

धनतेरस को दिन सुन तथा चाँदीका गरगहना, सिक्का वा भाँडाकुडा किन्ने चलन भएकोले व्यवसायीले अपेक्षा गरेभन्दा बढी व्यापार भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष धनतेरसका दिन ५० किलो सुन र १२ सय किलो चाँदी बिक्री भएको थियो। 

कोरोनाका कारण गत वर्षभन्दा व्यापार कम भए पनि व्यवसायले यति पनि अपेक्षा गरेका थिएनन्। 

बजारमा अहिले सुनको मूल्य ९५ हजार हाराहारीमा छ। दुई महिना अगाडि सुनको एक लाख रुपैयाँभन्दा माथि पुगेको थियो। चाँदी भने १२ सय हाराहारीमा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Nov 14, 2020| 06:07 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्