सोमबार, भदौ १५, २०८३

पर्यटकीय गन्तव्य खोल्ने पर्यटन मन्त्रालयको निर्णय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

 काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ। 

मन्त्रालयले केवलकार, जंगल सफारी, संग्रहालय, होमस्टेजस्ता क्षेत्र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुला गर्न शुक्रबार अनुरोध गरेको हो। 

मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भने पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई दिएको छ। 

खुलेका पर्यटकीय गन्तव्यमा स्वास्थ्य मापदण्ड पालना भए नभएको मन्त्रालय मातहतका निकायले अनुगमन गर्ने छन्। 

यसअघि २४ कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रअनुसार पर्यटकीय गन्तव्य खुला गर्ने र त्यसको अनुगमन गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिएको थियो।  
 

प्रकाशित: Nov 13, 2020| 12:33 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्