मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा सञ्चालक संघले भन्यो– लकडाउनबारे सोच्दै नसोचौं 

वायुसेवा सञ्चालक संघले भन्यो– लकडाउनबारे सोच्दै नसोचौं 

वायुसेवा सञ्चालक संघले आगामी दिनमा कोरोना नियन्त्रणका लागि लकडाउन नगर्न सरकारसँग आग्रह गरेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– वायुसेवा सञ्चालक संघले आगामी दिनमा कोरोना नियन्त्रणका लागि लकडाउन नगर्न सरकारसँग आग्रह गरेको छ। 

लामो लकडाउन र निषेध आदेशपछि अर्थतन्त्र लयमा फर्कन लागेको भन्दै लकडाउनको विकल्पबारे सोच्न संघले आग्रह गरेको हो। 

केही दिनअघि काठमाडौं उपत्यकाका मेयरहरूले तिहारपछि काठमाडौं उपत्यकामा लकडाउन गर्न सरकारलाई सुझाव दिएका थिए। 

संघले उक्त सुझावप्रति आपत्ति जनाउँदै लामो लकडाउन र निषेध आदेशले अर्थतन्त्र धरासायी भएको भन्दै थप गरे मुलुकले थेग्न नसक्ने बताएको हो। 

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सुरु गर्ने निर्णय गरिसकेको छ। 

सरकारको निर्णयसँगै हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै संघले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत हुन थालेको जनाएको छ। 

वायुसेवा सञ्चालक संघले कोरोना नियन्त्रणका लागि लकडाउन बाहेकका वैकल्पिक उपाय प्रयोग गर्न र सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कारवाहीको माग पनि गरेको छ। 
 

प्रकाशित: Nov 13, 2020| 09:55 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्