मंगलबार, भदौ १६, २०८३

एटीएमबाट हुने कारोबार घट्यो 

लकडाउन हटेसँगै एटीएममार्फत हुने कारोबारमा कमी आएको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– लकडाउन हटेसँगै एटीएममार्फत हुने कारोबारमा कमी आएको छ। 

असार महिनाको तुलनामा साउन र भदौमा एटीएम कारोबार घटेको नेपाल राष्ट्र बैंकले जनाएको हो। 

असारमा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको थियो। 

साउनमा घटेर ३८ अर्ब ३९ करोडमा झरेको छ। त्यस्तै भदौमा ३२ अर्ब ३२ करोड कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार असारको तुलनामा डिजिटल बैंकिङको कारोबारमा पनि कमी आएको छ।  गत असारमा १९ अर्ब रुपैयाँ बराबर डिजिटल कारोबार भएको थियो। 

साउन महिनमा घटेर ३ अर्ब रुपैयाँमा पुगेको थियो। भदौमा ४ अर्ब ७४ करोड रुपैयाँ बराबर कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित: Nov 13, 2020| 08:20 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्