सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षको ढकाललाई समर्थन

प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षको ढकाललाई समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षले समर्थन गर्ने घोषणा गरेका छन्। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षले समर्थन गर्ने घोषणा गरेका छन्। 

चुनावी कार्यक्रमअन्तर्गत देश दौडाहामा रहेको ढकाललाई बिहीबार भेडेटारमा आयोजित कार्यक्रममा ५२ जिल्ला तथा नगर अध्यक्षले सघाउने बताएका हुन्। 

ढकाल प्यानलको चुनावी कार्यक्रम भेडेटारमा शुक्रबार पनि जारी रहने छ। 

कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्य गरी एक सयभन्दा बढी उद्योगी व्यवसायीको सहभागिता छ।
 

प्रकाशित: Nov 12, 2020| 14:59 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्