आइतबार, वैशाख ७, २०८२

सुन निक्षेपको नीति असफल, कुनै बैंकले लिन मानेनन् सुन

नेपाल बैंकर्स एसोसिएसनले प्राविधिक कठिनाइका साथै  बैंकहरुलाई त्यस्तो आवश्यकता समेत नभएका कारण सुनलाई निक्षेपका रुपमा नलिएको जनाएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, कात्तिक २७, २०७७

vianetvianet

काठमाडौं– सर्वसाधारणले सुनलाई बैंकमा निक्षेपका रुपमा राख्न मिल्ने र त्यसबापत ब्याज पाइने नीति सरकारले ल्याए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। 

triton college

सुनलाई निक्षेपका रुपमा स्वीकार्न व्यवहारिक कठिनाइ भएको तथा बैंकमा पर्याप्त तरतलता भएका कारण उनीहरुले सुन निक्षेप स्वीकार नगरेका हुन्।

सरकारले गत आर्थिक वर्षमा सुनलाई पनि निक्षेपको रुपमा स्वीकार गरिने व्यवस्था बजेटमार्फत गरेको थियो। उक्त व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले पनि गत आर्थिक वर्षको मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने व्यवस्था गर्‍यो। त्यसबेला कार्यविधि नबनेको भन्दै बैंकहरुले मौद्रिक नीतिको उक्त व्यवस्था कार्यान्वयन गरेका थिएनन्। 

त्यसपछि गत फागुन २२ गते राष्ट्र बैंकले कार्याविधि जारी गरी बैंकहरुलाई निर्देशन नै जारी गर्‍यो । तर पनि उक्त व्यवस्था लागू हुन सकेको छैन। 

राष्ट्र बैंककका प्रबक्ता डा.गुणाकर भट्ट सरकारले बैंकहरुमा तरलता अभाव भएमा त्यसको समाधानका लागि उक्त व्यवस्था गरे पनि अहिले बैंकहरुमा पर्याप्त तरलता हुँदा उनीहरुले सुनलाई निक्षेपको रुपमा नराखेको बताउँछन्। भट्टका अनुसार सुन निक्षेप राख्नु पर्ने राष्ट्र बैंकले गरेको व्यवस्था बाध्यकारी होइन। 

National life insurance

नेपाल बैंकर्स एसोसिएसनले प्राविधिक कठिनाइका साथै  बैंकहरुलाई त्यस्तो आवश्यकता समेत नभएका कारण सुनलाई निक्षेपका रुपमा नलिएको जनाएको छ। 

नेपाल बैंकर्स एसोसिएसनका सदस्य एवं सिभिल बैंकका सीईओ गोविन्द गुरुङका अनुसार सुन निक्षेपका रुप लिनलाई बैंकहरुसँग सुन जाँच्ने मेसिन छैन। उक्त मेसिन खरिद गर्दा अतिरिक्त भार पर्न जान्छ। किनभने राष्ट्र बैंकले निक्षेप राख्ने सुनको निश्चित गुणस्तर हुनैपर्ने व्यवस्था गरेको छ। 

त्यस्तै गहनाका रुपमा आएको सुनलाई जस्ताको तस्तै निक्षेपका रुपमा राख्ने कि गालेर राख्ने भन्ने विषयमा पनि बैंकहरु स्पष्ट हुन सकेका छैनन्। उसो त बैंकहरुले सुन धितो राखेर ऋण प्रवाह भने गरिरहेका हुन्छन्।  

तर, सीईओ गुरुङ भन्छन्, ‘सुन निक्षेपको रुपमा राख्दा जोखिम धेरै छ, खर्च अनुसारको आम्दानी हुँदैन। त्यसैले पनि स्वीकार गर्न गाह्रो छ।’ 

सुन निक्षेप राख्ने सोच बैंकहरुले तरलताको अभाव खेपिरहेका बेला आएको र राष्ट्र बैंकको निर्देशन आउँदासम्ममा बैंकहरुमा तरलता पर्याप्त भएका कारण उक्त निर्देशन कार्यान्वयन नभएको गुरुङको भनाइ छ। 

उनी भन्छन्, ‘राष्ट्र बैंकले सुन निक्षेपलाई अनिवार्य नगरेको हुँदा पनि त्यससम्बन्धी व्यवस्था कार्यान्वयन नभएको होे।’ 

नेपाल राष्ट्र बैंकले पनि सुनलाई कस्तो रुपमा राख्ने, त्यस्तो निक्षेप आएको खण्डमा नेपाल राष्ट्र बैंकमा कहाँ राख्ने जस्ता विषयमा स्पष्ट छैन।  

एकपटक भारतमा पनि सुनलाई निक्षेपका रुपमा लिने अवधारणा आएको थियो। त्यहाँका बैंकहरुले सुन गालेर ढिक्का बनाउने र पछि सुनकै रुपमा वा नगद रुपैयाँ ग्राहकलाई फिर्ता दिने गरेका थिए। 

तर, त्यसो गर्दा ग्राहक र बैंक दुवैलाई घाटा हुने भएपछि भारतका बैंकहरुले सुनको निक्षेप लिन छाडेका थिए। 

सुनलाई निक्षेपको रपमा लिने कार्यविधि अनुसार सुनलाई निक्षेपका रुपमा स्वीकार गर्दा ९९५ फिटनेशको सुन मात्र स्वीकार गर्नुपर्ने, सुन राख्ने ढुकुटी सुरक्षाका लागि सम्पूर्ण व्यवस्था गर्ने, सुन निक्षेप लिने शाखा तोक्नुपर्ने, सुन निक्षेपको लागि कार्यविधि बनाई सञ्चालक समितिबाट पास गराएर लागू गर्नुपर्ने, सुन निक्षेप लिँदा न्यूनतम २५ ग्राम हुनैपर्ने, सुन निक्षेप कम्तीमा ३ देखि ५ वर्ष अवधिका लागि हुनुपर्ने लगायतको व्यवस्था छ । 

त्यस्तै सुन निक्षेपको प्रमाणपत्र दिँदा बैकहरुले सुनको साँवा परिमाण, सुनको शुद्धता, निक्षेपको व्याजदर, निक्षेपको अवधि र निक्षेपको अवधिपश्चात साँवा तथा व्याज सुनमा नै लिन चाहेको वा नगदमा लिन चाहेको विषय स्पष्ट पार्नुपर्छ। 
 

प्रकाशित: Nov 12, 2020| 08:41 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।