सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ममर्तपछि मर्स्याङ्दी जलविद्युतको पहिलो युनिट पूर्ण क्षमतामा चल्यो 

ममर्तपछि मर्स्याङ्दी जलविद्युतको पहिलो युनिट पूर्ण क्षमतामा चल्यो 

६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको पहिलो युनिट मर्मतपछि सञ्चालनमा आएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको पहिलो युनिट मर्मतपछि सञ्चालनमा आएको छ। 

११ कात्तिकदेखि मर्मतका लागि बन्द गरिएको आयोजना बुधबार साँझबाट सञ्चालनमा आएको हो। 

पहिलो युनिट २३ मेगावाट क्षमताको हो। मर्मतपछि पूर्ण क्षमतामा चलेको आयोजना कार्यालयले जनाएको छ। विद्युतगृहमा २३ मेगावाटका ३ वटा उत्पादन युनिट छन्।

कुलेखानी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दीका प्राविधिक मिलेर युनिटको मर्मत गरेका हुन्। 

जलविद्युत् केन्द्रको अवस्था र उत्पादन क्षमताअनुसार नेपाल विद्युत् प्राधिकणले विभिन्न आयोजनाहरूको मर्मत गर्ने गर्छ। 
 

प्रकाशित: Nov 12, 2020| 08:27 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्