मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा चीनको अग्रता कायमै

जापानमा जारी टोक्यो ओलम्पिकको आज १०औं दिन हो। १०औं दिनका खेल सुरु भइरहँदा अहिले चीन शीर्षस्थानमा छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- जापानमा जारी टोक्यो ओलम्पिकको आज १०औं दिन हो। १०औं दिनका खेल सुरु भइरहँदा अहिले चीन शीर्षस्थानमा छ।

National life

अहिलेसम्म १८० पदकको छिनोफानो भइसक्दा चीनले अग्रता बनाइरहेको छ। यससँगै ५६ राष्ट्रले विभिन्न पदक आफ्नो नाम गरिसकेका छन्।

अब ५ दिन बाँकी रहेको प्रतियोगितामा चीनले २४ स्वर्णसहित कूल ५१ पदक जितेको छ। उसले १४ रजत जितेको छ भने १३ काश्य जितेको छ।

दोस्रो स्थानको अमेरिका २० स्वर्णसहित ५९ पदकका साथ दोस्रो स्थानमा छ। उसले २३ रजत र २६ काश्य जितेको हो।

यता सुरुमा शीर्षस्थानका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक जापान अहिले शीर्षस्थानको चीनभन्दा निकै पछि छ। जापान स्वर्णमा चीनभन्दा सात स्थान तल छ भने पदकका हिसाबले पनि २० स्थान तल छ।

Laxmi sunrise bank
kumari

उसले आफ्नो खातामा १७ स्वर्ण जम्मा गरे पनि पाँच रजत र ९ काश्यक जितेको छ। चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जितिसकेको छ।

रसियन ओलम्पिक कमिटीले १२ स्वर्णसहित ४४ पदक जित्दा युनाइटेड किंदमले १० स्वर्णसहित ४४ पदक जितेको छ।

फ्रान्स र कोरियाले समान ५,५ स्वर्ण जितेका छन् भने चार स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड, जर्मनी न्युजिल्यान्ड र चेक गणतन्त्र छन्। क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले समान ३,३ पदक स्वर्ण जितेका छन्।

प्रकाशित: Aug 02, 2021| 07:47 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।