सोमबार, भदौ १५, २०८३

भाइमसलाको कारोबार र मूल्य दुवै घट्यो

यस वर्ष भाइमसलाको विक्री गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा कम भइरहेको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– अघिल्ला वर्षहरुमा तिहारका बेला काठमाडौंका असन, इन्द्रचोक, पाटन, मखन, न्युरोडमा बजारमा भाइमसला किन्नेहरुको घुइँचो लाग्ने गर्थ्यो। 

तर यसपाली तिहार नजिकिंंदै जाँदा मसला किन्नेहरुको चहलपहल केही बढेपनि पहिलेका वर्षहरुभन्दा निकै कम छ। 

कोरोना महामारीका कारण यसपालीको दसैंका बेला पनि बजारमा ठूलो चहलपहल थिएन।

देशको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित ती स्थानहरुमा पहिले होलसेलदेखि खुद्रा खरिद गर्नेको भीडले खुट्टा टेक्ने ठाउँ हुँदनथ्यो । यसपाली भने ब्यापार निकै कम भएको नेपाल खुद्रा व्यपार संघले जनाएको छ । 

संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार यस वर्ष भाइ मसलाको विक्री गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा कम भइरहेको छ। यो वर्ष करिव एक अर्बको हाराहारीमा मात्र मसलाको कारोबार हुने उनको भनाई छ। 

यस वर्ष कारोबारसँगै मूल्यपनि घटेको संघले जनाएको छ । 

संघका अनुसार काजु, किसमिस, पिस्ता, बदाम, सुकुमेल, ओखर, नरिवल जस्ता ड्राई फ्रुट्सको खपत गर्ने होटेल, रेष्टुराँ र मिठाइ पसलहरु लकडाउनका बेला बन्द रहेको र अझै पनि पूर्ण क्षमतामा नखुलेका कारणले पनि बिक्री कम भएको छ।

बजारमा माग कम भएपछि पुरानै स्टकले माग धानिरहँदा मूल्य नबढेको श्रेष्ठ बताउँछन्।  उनी भन्छन्, ‘ग्राहकको पनि क्रयशक्ति कम छ, ब्यापारीसँग पुरानै स्टक छ।’ 

ड्राई फ्रुट्स अधिकांश भारतबाट आयात हुन्छ भने हाडे ओखर, मखना, अलैंची भने नेपालमै उत्पादन हुन्छ। 

कुन मसलाको मूल्यमा कति: 

मसला  गत वर्षको मूल्य (प्रतिकिलो) यो वर्षको मूल्य (प्रतिकिलो)
पेस्ता                                          १८०० रुपैयाँ   १७०० रुपैयाँ

नरिवल

 ४३० रुपैयाँ         ३८० रुपैयाँ
सुकुमेल                                      ५३०० रुपैयाँ       ५००० रुपैयाँ 
ओखर                                        ६५० रुपैयाँ          ६०० रुपैयाँ 
बदाम                                        १२०० रुपैयाँ        ११०० रुपैयाँ 
काजु                                        १७५० रुपैयाँ  १५५० रुपैयाँ
अन्जीर                                   २००० रुपैयाँ          १८०० रुपैयाँ 
मखना                                          ११०० रुपैयाँ  १००० रुपैयाँ 
अलैची                                         १२०० रुपैयाँ   ११०० रुपैयाँ 

        
त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारी, बिमिरो लगायतको पनि मूल्यसमेत घटेको  संघले जनाएको छ। 
 

प्रकाशित: Nov 10, 2020| 11:30 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्