बिहीबार, असोज २२, २०८३

एउटा यस्तो कुर्सी- जो बस्छ त्यो मर्छ!

विश्वमा थुप्रै रहस्यमयी चिज हुन्छन्। यस्तै रहस्यले भरिएको एक कुर्सी छ। जहाँ बस्दा मानिस कुनै न कुनै कारणले मर्नेगर्छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

विश्वमा थुप्रै रहस्यमयी चिज हुन्छन्। यस्तै रहस्यले भरिएको एक कुर्सी छ। जहाँ बस्दा मानिस कुनै न कुनै कारणले मर्नेगर्छ।

कुर्सी इग्ल्याण्ड वा फिलेडेल्फियाको एक संग्रहालयमा राखिएको बताइन्छ। यस कुर्सीमा बस्दा मानिसको मृत्यु हुन्छ भन्ने विश्वासले भूँईंमाथि झुन्ड्याइएको छ। त्यस्तो गर्नुको कारण यसमा कोही नबसुन् भन्ने हो।

यही कारणले यो कुर्सी विश्वमै चर्चित छ। यो कुर्सीलाई ज्यान लिने कुर्सी पनि भनिन्छ। यससँग जोडिएका थुप्रै रहस्य छन्।

कुर्सी थोमस बस्बी नामक व्यक्तिको हो। उनलाई यो कुर्सी निकै राम्रो लाग्थ्यो। उक्त कुर्सीमा एक पटक थोमसका ससुरा बसेका थिए। ससुरा कुर्सीमा बसेपछि थोमस निकै रिसाएका थिए। उनले रिस थाम्न नसकेर ससुराको हत्या गरिदिए।

यही हत्याका कारण थोमसलाई फाँसी दिइयो। उनले फाँसी दिनुअघि सो कुर्सीमा जो बस्छ त्यसको मरण होस् भन्ने सराप दिएका थिए भनिन्छ।

थोमसको मृत्युपछि धेरै मानिसले यो कुरालाई गम्भीरतापूर्वक लिएनन्। र, उक्त कुर्सीमा बसेको केही दिनमै उनीहरूको मृत्यु भएको बताइएको छ।

केही समयपछि कुर्सीमा बसेका चार जनाको मृत्यु भएपछि कुर्सी श्रापित भएको बताइयो। दोस्रो विश्वयुद्धमा केही सैनिक यस कुर्सीमा बसेका थिए। युद्धका क्रममा उक्त कुर्सीमा बस्ने सैनिक मध्ये कोही पनि बचेनन्।

त्यसपछि यस कुर्सीलाई मानिसको पहुचभन्दा टाढा राख्ने गरियो। पछि सो कुर्सीलाई एक संग्रहालयमा राखियो। मानिसमा यस कुर्सीलाई लिएर यति डर छकी उनीहरू यस कुर्सीलाई हेर्न समेत डराउँछन्।

- एजेन्सी

प्रकाशित: Sep 27, 2021| 12:28 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।