सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेमा उछाल, परिसूचक २६ अंकले बढ्दा ४ अर्ब ९ करोडको कारोबार 

नेप्सेमा उछाल, परिसूचक २६ अंकले बढ्दा ४ अर्ब ९ करोडको कारोबार 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 

२५.९८ अंकले बढेको बजार १६७८.७९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ अंकमा पुगेको छ। 

आज १९६ कम्पनीको ९६ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

मंगलबार जलविद्युत् र म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक उकालो लागेको छ। जलविद्युत् ०.६८ र म्युचुअल फण्ड ०.०२ अंकले ओरालो लागेको छ। 

बैंकिङ समूहको उपसूचक ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, फाइनान्स ३.८३ र निर्जिवन बिमा १६०.४ अंकले बढेको छ। 

त्यसैगरी उत्पादन ४०.९, अन्य ४८.५८, माइक्रोफाइनान्स ४.८९ र जीवन बिमा समूहको उपसूचक ४७६.३६ अंकले बढेको छ। 

आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्।   
 

प्रकाशित: Nov 10, 2020| 09:27 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्