मोरङ– आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
चालु आवको पहिलो तीन महिनामा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।
औद्योगिक उत्पादनमा आएको गिरावट, लकडाउनले कारोबारमा आएको कमीलगायत कारणले लक्ष्य भेट्न नसकेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए।
तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ।
असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत प्रगति गरेको छ।
रासस